arrow

अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, नौ जनाको मृत्यु

logo
प्रकाशित २०७६ साउन १९ आइतबार
gun-bullet-ar.jpeg

वासिङ्टन । अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ । गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ