हरेक दिन ३०० वटा ग्याजेट्स प्रयोग गर्ने व्यक्ति (भिडियो)
प्रकाशित २०७२ चैत १६ मंगलबार
1.5k
Shares
एजेन्सी। हरेक दिन एउटा ब्यक्तिले कति ग्याजेट्स प्रयोग गर्न सक्छ, अनुमान लगाउनुहोस त? अनुमान गर्नुभयो होला बढीमा आँठ, दशवटा। तर अचम्मको कुरा के हो भने, एक ४५ बर्षिय क्रिश डेन्सी जसले हरेक दिन ३०० वटा ग्याजेट्स प्रयोग गर्ने दावी गरेका छन्। बेलायलको एक आइटी कम्पनीमा डाइरेक्टरको रुपमा काम गर्ने डेन्सी ग्याजेट्सको अति नै शोखी छन्।
उनी हरेक दिनको आफ्नो दैनिकीको लागि ग्याजेट्समा उच्च प्राथमिक्ता दिएर काम गर्ने गर्दछन्। स्वास्थ रहन देखि लिएर वायरलेस गुगल ग्लास, शारीरिक ओछ्यान, सबै क्रिशलाई मन गर्दछन्। उनको ग्याजेन्स मोह देखेर उनलाई जान्नेहरु छक्क पर्ने गर्दछन्।