arrow

अमेरिकामा २४ घण्टाभित्र भएका दुई छुट्टाछुट्टै आक्रमणमा २९ को मृत्यु (अपडेट)

logo
प्रकाशित २०७६ साउन १९ आइतबार
america-gunfire.jpg

एल पासो, संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले अमेरिकामा बन्दूक हिंसालाई कसरी सामना गर्ने भन्ने प्रश्नलाई पुनः बहसमा ल्याएको छ ।

शनिबार राति एक बन्दूकधारीले टेक्सासको एल पासोस्थित वालमार्ट स्टोरमा चलाएको गोली लागी २० जना मारिएको १३ घण्टा नबित्दै ओहाओको डेटनमा एक रात्रिकालिन मदिरालयबाहिर आइतबार नेपाली समय अनुसार १०:४५ बजे एक बन्दूकधारीले आक्रमण गर्दा नौ जनाको मृत्यु भएको हो । दुबै घटनाको अमेरिकी प्रहरीले पुष्टि गरेको छ ।

आक्रमणकारीको प्रहरीले गरेको सुरक्षा प्रतिरक्षाका क्रममा मृत्यु भएको छ । पछिल्लो घटनामा २६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

डेटनका नगर प्रमुख नान ह्वेलीले जनाएअनुसार आक्रमणकारीले शरीरमा कवच (ढाल) लगाएको र उच्च क्षमताको अत्याधुनिक बन्दूक बोकेको तथा थप बन्दूकहरू पनि साथमा लिएको भेटिएको छ । डेटनमा गोली चलेको एक मिनेटभित्र नै आक्रमणकारीमाथि सुरक्षा कारबाही भएकोले थप क्षति हुन पाएन, नगरप्रमुखले बताए ।

ह्वेलीले भने, “डेटनमा आक्रमणकारीले गोली चलाएको क्षणभरमा नै प्रहरीले देखाएको शीघ्र प्रतिक्रियाबाट मलाई अचम्म लाग्यो । यदि प्रहरीले समयमै सुरक्षा कारबाही नचलाएको भए आक्रमणकारीले सयौँको ज्यान लिने सम्भावना थियो ।” नगर प्रमुखका अनुसार आइतबार भएको सामुहिक आक्रमण अमेरिकी इतिहासमा २५० औँ हो ।

वास्तवमा तर बन्दूक हिंसा रेकर्डबारे कार्यरत एका गैरसरकारी संस्थाले उक्त आक्रमणलाई २५१ औँ सामुहिक आक्रमण हो । संस्थाले चार वा सोभन्दा बढी व्यक्तिको मृत्यु हुनेगरी भएको आक्रमणलाई सामुहिक आक्रमणका रूपमा उल्लेख गरेको छ ।

“घटनापछि दुवै घटनास्थलमा अमेरिकी गुप्तचर निकायसहित सुरक्षाकर्मी पुगेको छ भने प्रहरीले घटनालाई लिएर विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ,” प्रमुख लेफ्टिनन्ट कर्नेल माट कार्परले भने । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ