arrow

कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यानचेष्टर सिटीलाई, लिभरपुल टाइब्रेकरमा गुल्टियो 

प्रशिक्षक पेप ग्वार्डियोलालाई पहेंलो कार्ड

logo
प्रकाशित २०७६ साउन २० सोमबार
mancity18.jpg

काठमाडौं । कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यानचेष्टर सिटीले जितेको छ । आइतबार राति भएको खेलमा लिभरपुललाई टाइब्रेकरमा पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जितेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा गरिएको थियो । टाइब्रेकरमा सिटी ५–४ गोल अन्तरमा जित निकाल्न सफल भयो ।

Referee Martin Atkinson explains his decision to stop play to both sets of players after it hit him

नियमित समयको १२ औं मिनेटमा लिभरपुलका पूर्व खेलाडी रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा माटिपले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

Liverpool fans in full voice during the Community Shield clash with Manchester City
नयाँ सिजन सुरु हुनुभन्दा अघि गत सिजनको प्रिमियर लिगको विजेता सिटी र च्याम्पियन्स लिगको विजेता लिभरपुल कम्युनिटी शिल्डको उपाधिका लागि भिडेका हुन् । 

Can you play as a false nine? Guardiola and Van Persie exchange pleasantries before the game

निर्धारित समय भने निकै रोमाञ्चक भएको थियो । गत सिजनमा सिटी उपाधि विजेता बन्दा लिभरपुल उपविजेता भएको थियो । 

Mo Salah showed glimpses of his brilliance but missed several golden chances at Wembley

खेलमा प्रशिक्षक पेप ग्वार्डियोला पहेंलो कार्ड पाउने पहिलो प्रिमियर लिग प्रशिक्षक पनि बनेका छन् । 

Guardiola was booked by Atkinson, making him the first coach ever to receive a yellow card

The 48-year-old felt Gomez should have been booked for the first half incident on his player



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ