arrow

जम्मू–कश्मीरमा धारा–१४४ लागू, मोबाइल इन्टरनेट बन्द

थुप्रै ठाउँमा कफ्र्यु

logo
प्रकाशित २०७६ साउन २० सोमबार
kashmir2.jpeg

काठमाडौं । जम्मू–कश्मीरमा स्थिति बिग्रिएपछि आइतबार राति १२ बजे श्रीनगरमा पूर्व तीन मुख्यमन्त्रीहरुलाई नजरबन्दमा राखिएको छ । फारुक अब्दुल्ला, उमर अब्दुल्ला र महबुबा मुफ्तीलाई नजरबन्दमा राखिएको हो । 

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर राति १२ बजे धारा १४४ लागू गरिएको छ । 

प्रशासनले राज्यमा र्याली लगाउन रोक लगाएको छ । त्यस्तै मोबाइल इन्टरनेट बन्द गरिएको छ । 

सोमबारदेखि राज्यमा सबै स्कुल कलेज बन्द हुनेछन् । काँग्रेस नेता उस्मान मजीद र माकपा विधायक एमवाई तारिगामीले राति ट्वीट गरेर आफूहरुलाई पनि हिरासतमा लिन लागिएको जनाएका थिए । 

अधिकारीहरुका अनुसार थुप्रै ठाउँमा कफ्र्यु लगाइएको जनाएका छन् । किश्तवाड, रजौरी र रामबन जिल्लाका बिनहाल क्षेत्रमा राति कफ्र्यु लगाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ