arrow

कश्मीरमाथि भारतले गलत समय चुन्यो – पाकिस्तान 

logo
प्रकाशित २०७६ साउन २० सोमबार
kashmir2.jpg

काठमाडौं । भारत प्रशासित कश्मीरमा भारतले गलत समय चुनेको पाकिस्तानले जनाएको छ । पाकिस्तानले भारतीय सेनाको कुनै पनि किसिमको दुस्साहसको जवाफ दिनका लागि तयार रहेको बताएको छ । 

पाकिस्तानी प्रधानमन्त्री कार्यालयबाट जारी प्रेस रिलिजमा जवाफ दिनका लागि पाकिस्तानी सेना तयार रहेको उल्लेख छ । 

पाकिस्तानले भारतीय सेनाले क्लस्टर बमको प्रयोग गरी जेनेभा सन्धि तथा अन्तर्राष्ट्रिय नियमको उल्लंघन गरेको दावी गरेको छ । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बोलाएको बैठकले उक्त निष्कर्ष निकालेको हो । 

यो बैठकमा पाकिस्तान र अन्तर्राष्ट्रिय समुदाय जब अफगानिस्तान संघर्ष समाधान गर्ने खोजमा लागे तब भारतले कश्मीरको अस्थिरतामाथि छेंडछाड सुरु गरेको निष्कर्ष निकालेको छ ।

भारतको आक्रमणले इलाकामा  हिंसा बढ्ने र अस्थिरता आउने पाकिस्तानले दावी गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ