arrow

पुर्व पत्निकालागि इजिप्ट एयर अपहरण !

logo
प्रकाशित २०७२ चैत १६ मंगलबार
ms-181.jpg.jpeg
एजेन्सी। कुनै ब्यक्तिले बिमान अपहरण किन गर्छ ? कुनै संगठनको माग पुरा गर्न जुन राजनैतिक वा धार्मिक वा अरु केही हुन्छ।  बिमान अपहरणगर्ने ब्यक्तीले आफ्नी पुर्व पत्नीलाई भेट्न त्यत्रो ठुलो अपराध गर्न सक्छ भन्ने विश्वास गर्न सकिन्न तर ईजिप्ट एयरको बिमान अपहरणकर्ताले त्यही कारण बताएको समाचार अन्तराष्ट्रिय संचारहरुले प्रशारण गरिरहेका छन्। 
 
२७ बर्षिय  एलेक्जेन्ड्रिआ विश्वविद्यालयमा अध्यापन गर्ने सेफ–एल्दिन–मुस्तफाले आफ्नी पुर्व पत्निलाई चिठ्ठी दिन बिमान अपहरण गरेका छन्। उनले आफुसँग बिष्फोटक पदार्थ रहेको भन्दै एक्लै बिमान अपहरण गरेका थिए। उनले पत्नीलाई भेट्न पाउनु पर्ने माग किन गरेका हुन् त्यो भने बाहिर आइनसकेको संचार माध्यमहरुले जनाएका छन्। 
 
उनले बिमानलाई टर्कीको ईस्तानबुल लान भेकोमा ईन्धनको कमीको कारण देखाउँदै उक्त बिमान साईप्रसमा अवतरण गराईएको थियो। मुस्तफास‌ँग कुनै पनि बिष्फोटक पदार्थ नरहेको पुष्टी भैसकेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ