arrow

मोदीको ‘नयाँ भारत’ ले बनाउँदै ‘नयाँ कश्मीर’

जम्मू–कश्मीरको विषयमा निर्णय लिन दिल्लीमा बसेको मन्त्रिपरिषदको बैठक सकियो 

logo
प्रकाशित २०७६ साउन २० सोमबार
india-rajyasabha.jpeg

काठमाडौं । जम्मू–कश्मीरको विषयलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा केन्द्रीय सरकारको बैठक सकिएको छ । 

बैठक सकिएपछि मन्त्रीहरु संसद बैठकका लागि गएका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकअघि मोदी आवासमा मोदी र भारतीय जनता पार्टीका अध्यक्ष एवं गृहमन्त्री अमित शाह तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच छलफल भएको थियो । 

जम्मू–कश्मीरका विषयमा ठूलै फैसला गर्नका लागि यो बैठक बसेको बुझिएको छ । 

सोमबारको बैठकको निर्णय गृहमन्त्री अमित शाहले राज्यसभा बैठकमा पेश गर्ने जनाइएको छ । 

उनी त्यसका लागि राज्यसभामा गइसकेका छन् । राज्यसभापछि शाह लोकसभामा गएर यसबारे जानकारी गराउने छन् । 

विपक्षी दल काँग्रेसले भने स्थिति स्पष्ट गर्न माग गरेको छ । 

मोदी नेतृत्वको सरकारको नयाँ भारतमा नयाँ कश्मीरको योजना बुनिरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ