arrow

भारतीय प्रधानमन्त्री मोदीको राष्ट्रका नाममा संवोधन 

logo
प्रकाशित २०७६ साउन २० सोमबार
narendra-modi.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रका नाममा संवोधन गर्ने भएका छन्। जम्मू–कश्मीरका बारेमा कडा निर्णय लिएसंगै उनले सबै प्रदेशका मुख्यमन्त्रीहरुसंग छलफल गर्न थालेका छन्। उनले सर्वदलीय बैठकसमेत बोलाउने भारतीय संचारमाध्यमहरुले बताएका छन्। 

मोदी सरकारले जम्मू–कश्मीरका बारेमा महत्वपूर्ण तीन निर्णय लिएको छ। जसमा जम्मू–कश्मीरबारे संविधानको अनुच्छेद ३७० हटाउने निर्णय रहेको छ। यसको मतलव हो अब जम्मू–कश्मीर स्वतन्त्र प्रदेश रहेन। जम्मू–कश्मीरलाई दुई खण्डमा बाँडिएको छ। जम्मू–कश्मीर र लद्दाख। 

त्यस्तै तेस्रो निर्णय हो अब जम्मू–कश्मीरमा विधानसभाले काम गर्नेछ। जम्मू–कश्मीर र लद्दाख पूर्ण राज्य भएन र सीधै केन्द्रले शासन गर्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ