arrow

षड्यन्त्र भइरहेको भन्दै व्यवसायीले बुझाए ज्ञापनपत्र

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ साउन २० सोमबार
kkar-karyalaya.JPG

जनकपुरधाम । जनकपुरधामको आन्तरिक राजस्व कार्यालय महोत्तरीको बर्दिवासमा सार्न षड्यन्त्र भइरहेको भन्दै व्यवसायीहरुले ज्ञापनपत्र बुझाएको छ ।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह र महासचिव जितेन्द्र महासेठको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा व्यापार व्यवसायीलाई आवश्यक सेवा नदिएको भन्दै कर चुक्ता, खाता प्रमाणित जस्ता कार्यहरु विगतका वर्षहरुमा दिँदै आएको भएपनि अब आएर जनकपुर आन्तरिक राजस्व कार्यालयको अधिकार सिमित गर्न खोजिएको बताए ।

जनकपुर उद्योग वाणिज्य संघले आन्तरिक राजस्व  कार्यालय  नसार्न र यथास्थानमै राख्न माग गर्दै सोमबार जिल्ला प्रशासन कर्यालय धनुषा मार्फत संघिय सरकारलाई ज्ञापनपत्र बुझाएका छन ।

जनकपुर आन्तरिक राजस्व कार्यालय जस्तै महोत्तरीको बर्दिवास सेवा कार्यालयलाई पनि समान हैसियत दिन खोजेको भन्दै तत्काल कार्यालयको सार्ने काम बन्द गर्नुपर्नेमा जनकपुर उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र कुमार महाशेठले बताए ।

जनकपुरधामको अधिकार संकुचित बनाएर कार्यालयको सेवा केन्द्रलाई दिने निर्णय भयो भने त्यसको सशक्त विरोध हुने गर्ने व्यवसायीहरुले सरोकारबला निकायलाई सचेत गराए।

कार्यालय अर्को ठाउँमा लग्यो भने व्यवसायीहरु कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको हो। त्यस्तै कार्यालय सारेमा त्यसबाट हुने क्षतीको जिम्मा स्वयं सरकारले लिनु पर्ने चेतावनी समेत  दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ