arrow

 चिलिमे जलविद्युत्को उत्पादन बन्द

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
Chilime_Hydropower_01.JPG.jpeg

रसुवा । राष्ट्रिय प्रसारण लाइनको तार चुडिएका कारण २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको छ । 

सोमबार अपरान्ह् उत्तरगया गाउँपालिका–५ लहरे गाउँमा रहेको ८४ नम्बरको टावरमा एक्कासी प्रशारण लाइन चुडिएपछि उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।     
     
 विद्युत उत्पादन बन्द भएपछि रसुवा जिल्ला यतिखेर अन्धकारमय भएको नागरिक समाजले जनाएको छ । 

राष्ट्रिय प्रसारण लाइन मर्मतको लागि नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय महाशाखालाई ताकेता गरिसकेको सम्भवतः मङ्गलबारसम्ममा सञ्चालनमा ल्याउन सकिने अपेक्षा राखिएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ