- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उत्तर कोरियाले फेरि दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । दक्षिण कोरियालीले सेनाको दावी अनुसार दक्षिणी हवाङहाइ प्रान्तबाट समुद्रतर्फ लक्षित गरी मंगलबार बिहानै दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो ।
उत्तर कोरियाले पछिल्ला दुई साता यता चार वटा क्षेप्यास्त्र प्रहार गरिसकेको छ । यी मिसाइलहरु कस्ता खालका हुन् भन्ने नखुले पनि निरन्तरको प्रक्षेपणले अमेरिकालाई दवाव दिन यस्ता प्रक्षेपण भइरहेका हुन सक्ने बताइएको छ ।
अमेरिकाले क्षेप्यास्त्रका बारेमा निरीक्षण भइरहेको जनाएको छ । अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको संयुक्त सैन्य अभ्यासका विषयलाई लिएर उत्तर कोरिया आक्रामक बन्दै आएको छ ।
उत्तरको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दवावमा ल्याउनका लागि गरिएको कदम भएको बताइएको छ ।
ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनबीच फेरि हुने भनिएको वार्ताको मिति तय नभएकाले दवाव दिन उत्तरले आफ्नो प्रभाव जमाइरहेको विष्लेषण गरिएको छ ।