arrow

काहिल चेल्सीबाट क्रिस्टलमा गए, यस्तो छ सम्झौता 

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
gary-cahill.jpg

काठमाडौं । ग्यारी काहिल इंगलिश फुटबल क्लब चेल्सीबाट अर्को इंगलिश क्लब क्रिस्टल प्यालेसमा पुगेका छन् । काहिललाई क्रिस्टलले दुई बर्षका लागि अनुबन्धन गरेको छ । ३३ बर्षका काहिलको चेल्सीसंगको सम्झौता गत जुन महिनामै सकिएको थियो । 

सम्झौता सकिएपछि क्लबले उनको नविकरण गरेको थिएन । काहिलले आफू आफ्नो करियर लामो बनाउन भोको भएको प्रतिक्रिया दिएका छन् । 


साढे ७ बर्ष चेल्सीमा बिताएर काहिलले दुई प्रिमियर लिगको उपाधि र एक च्याम्पियन्स ट्रफी समेत जितेका थिए ।

क्रिस्टलमा काहिलले हप्ताको ७५ हजार पाउन्ड पारिश्रमिक पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ