arrow

नाटकीय रुपमा इजिप्ट एयरकाे विमान अपहरण गर्ने २७ वर्षीय मुस्तफा पक्राउ

logo
प्रकाशित २०७२ चैत १६ मंगलबार
biman-1.jpg.jpeg
एजेन्सी । इजिप्ट एयरलाइन्सको जेट विमान अपहरण गर्ने व्यक्ति पक्राउ परेका छन् । विमान अपहरण गर्ने २७ वर्षीय सेफ–एल्दिन–मुस्तफा रहेको सीएनएनले जनाएको छ । इजिप्टको अलेक्जान्ड्रियाबाट कायरोका लागि उडेको विमान अपहरण पछि साइप्रसको लार्नाकामा आकस्मिक अवतरण गराइएको थियो । 
 
अपहरणमा परको फ्लाइट MS181  Airbus A320 मा रहेका ८१ यात्रु मध्ये केहीलाई अवतरणपछि छाडिएको थियो । चालक दलका सदस्य र चार यात्रुलाई अपहरणकारीले लामो समयसम्म विमानमै राखेका थिए । मुस्तफा पक्राउ परेपछी विमानमा सवार सबै अपहरण मुक्त भएका छन् ।  अपहरणकारीसंग विष्फोटक बस्तु रहेको भन्दै लार्नाका विमानस्थल बन्द गराइएको थियो भने, अनुसूचित उडान अन्यत्र डाइभर्ट गराइएको थियो । 
 
नाटकीय अपहरण 
कुनै ब्यक्तिले बिमान अपहरण किन गर्छ ? कुनै संगठनको माग पूरा गर्न जुन राजनैतिक वा धार्मिक वा अरु केही हुन्छ । कुनै एक व्यक्तीले आफ्नी पूर्व पत्नीलाई भेट्न त्यत्रो ठुलो अपराध गर्न सक्छ भन्ने विश्वास गर्न सकिन्न तर इजिप्ट एयरको विमान अपहरणकर्ताले त्यही कारण अपहरण गरेको बयान दिएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।  
 
२७ वर्षीय मुस्तफाले एलेक्जेन्ड्रिया विश्वविद्यालयमा अध्यापन समेत गराउने गरेको बताइएको छ । उनले आफ्नी पूर्व पत्निलाई चिठ्ठी दिन विमान अपहरण गरे । उनले आफुसँग विष्फोटक पदार्थ रहेको भन्दै एक्लै विमान अपहरण गरेका थिए । उनले पत्नीलाई भेट्न पाउनु पर्ने माग किन गरेका हुन् त्यो भने बाहिर आइनसकेको बताइएको छ ।  
 
उनले विमानलाई टर्कीको इस्तानबुल लान भेकोमा इन्धनको कमीको कारण देखाउँदै सो विमान साइप्रसमा अवतरण गराइएको थियो । मुस्तफास‌ँग कुनै पनि बिष्फोटक पदार्थ नरहेको पुष्टी भैसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ