arrow

जम्मू–कश्मीर अनुच्छेदबारे कुन दल कता ? 

लोकसभामा मंगलबार पेश गरिने

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
370.JPG

काठमाडौं । भारतको जम्मू–कश्मीरमा अनुच्छेद ३७० लाई लिएर भारतमा मात्र हैन विश्वभर नै चर्चा चलिरहेको छ । एक राज्य, दुई झण्डा र दुई विधान अब विगत जस्तो भएको छ । 

नरेन्द्र मोदी सरकारले सोमबार उक्त ऐतिहासिक फैसलामा जम्मू–कश्मीरसंग जोडिएको अनुच्छेद हटाउने संकल्प प्रस्ताव पेश गरेसंगै राज्य पुनर्गठन बिलमार्फत दुई भागमा बाँडेर (जम्मू–कश्मीर र लद्दाख) लाई केन्द्र शासित प्रदेश घोषित गरिने छ । 

राज्यसभाले यसमा स्वीकृति दिए पनि अझै लोकसभाले यसमा केही गरेको छैन । लोकसभामा मंगलबार पेश गरिने भएको छ । यस सदनमा सरकारको पहिले नै बहुमत भएकाले समस्या छैन । केवल औपचारिकतामात्र बाँकी छ । 

यो विषयमा को पक्षमा को विपक्षमा ? 
मोदी सरकारले पेश गरेको उक्त विषयमा मोदी सरकारलाई साथ दिने र विपक्षमा उत्रने दलहरु यस्ता छन् –
समर्थन–बहुजन समाजवादी पार्टी, बीजू जनता दल, शिवसेना, एआईएडीएमके, आम आदमी पार्टी, वाईएसआर कांग्रेस, बीपीएफ र टीडीपी ।

विरोध–कांग्रेस, जेडी (यू), नेशनल कन्फ्रेन्स, पीडीपी, एमडीएमके, डीएमके, एनसीपी, समाजवादी पार्टी, राष्ट्रिय जनता दल, तृणमूल कांग्रेस र सीपीएआईएम
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ