arrow

प्रदेश नं ३ ले केन्द्रको भर नपर्ने – सम्पूर्ण प्रकाशन आफ्नै छापाखानाबाट गर्ने  

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
pradesh-3.jpeg

हेटौँडा । प्रदेश ३ सरकारले प्रदेश सरकारका सम्पूर्ण प्रकाशन आफ्नै छापाखानामार्फत गर्ने भएको छ । सरकारले मुद्रणसम्बन्धी काम प्रदेश राजधानी हेटौँडाबाट नै गर्ने भएको हो ।     
     
यसअघि प्रदेश सरकारले आफ्ना सम्पूर्ण प्रकाशनहरु मुद्रण विभाग काठमाडौँबाट प्रकाशन गर्दै आएको थियो । नीति तथा कार्यक्रम, बजेटलगायत सरकारलाई आवश्यक सबै प्रकाशन काठमाडौँबाटै छाप्नुपर्ने बाध्यता भोग्दै आए पनि अब भने हेटौँडाबाट नै छपाइको काम गरिने जनाइएको छ ।     
     
 प्रदेश सरकारको रातो किताबसमेत यहीँबाट प्रकाशन हुनेछ । जसका लागि आवश्यक उपकरण हेटौँडामा ल्याइसकिएको प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । 

सरकारका प्रकाशन छाप्नका लागि ल्याइएको मेशिन आन्तरिक मामिला मन्त्रालयमा राखिएको उनले बताए । उक्त मेशिनबाट प्रदेश राजपत्रको समेत छपाइ गर्न सकिने मन्त्री जम्मकट्टेलले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ