arrow

भारतद्वारा वेष्ट ईन्डिज विरुद्ध ‘क्लिनस्वीप’ 

logo
प्रकाशित २०७६ साउन २२ बुधबार
india-wi.jpeg

काठमाडौं । भारतले वेस्ट ईन्डिजविरुद्व टी–२० क्रिकेट सिरिजमा क्लिनस्वीप गरेको छ । तीन खेलको सिरिजमा भारतले ३–० को जितसहित क्लिनस्वीप गरेको हो । 

दीपक चाहर ने सुनील नरेन को नवदीप सैनी के हाथों कैच कराया।

मंगलबार राति भएको भएको तेस्रो तथा अन्तिम खेलमा वेस्ट ईन्डिज ७ विकेटले पराजित भएको थियो । 

टस हारेर सुरुवाती ब्याटिङ गरेको वेस्ट ईन्डिजले ६ विकेटको नोक्सानीमा १४६ रन बनाएको थियो । किरोन पोलार्डले ४५ बलमा ५८ रन बनाए । 

रोभमन पोवेलले २० बलमा नटआउट ३२ रन बनाएका थिए । भारतका दिपक चाहरले सर्वाधिक ३ विकेट तथा नवदिप सैनीले २ विकेट लिएका थिए । 

नवदीप सैनी ने पोलार्ड को बोल्ड किया।

१४७ रनको लक्ष्य भारतले १९.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । ऋषभ पन्तले ४२ बलमा नटआउट ६५ रन बनाए । कप्तान विराट कोहलीले ४५ बलमा ५९ रन बनाएका थिए ।

ऋषभ पंत और विराट कोहली ने शतकीय साझेदारी की।

चाहर म्यान अफ द म्याच र क्रुनाल पाण्डेया म्यान अफ द सिरिज भए । 

भारतले सन् २०११ पछि पहिलो पटक वेस्ट ईन्डिजलाई उसको भूमिमा हराएको हो । भारतले टी–२० मा विदेशमा दोस्रो पटक ३–० ले जितेको छ । 

भारतले अब वेस्ट ईन्डिजविरुद्ध तीन एक दिवसीय र दुई टेष्ट सिरिज खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ