arrow

अहिलेसम्मकै नयाँ बिन्दुमा पुग्यो सुनको मुल्य 

logo
प्रकाशित २०७६ साउन २२ बुधबार
gold.jpeg

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार एकैदिन तोलामा एक हजार पाँच सय रुपैयाँ बढेर सुन मुल्य तोलाको ६९ हजार पाँच सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस २७ डलरले बढेको छ । मंगलबार प्रति औँस १४ सय ५९ डलरमा कारोबार भएको सुनको भाउ बुधबार प्रति औँस १४ सय ८६ डलर पुगेको हो । 

चाँदीको भाउ तोलाको ८ सय १० रुपैयाँ रुपैयाँ निर्धारण गरिएको छ । 

सुनको भाउ अझै बढ्ने संकेत देखिएको महासंघ अन्तर्गत मुल्य निर्धारण समितिले जनाएको छ । अहिले विश्वभर अर्थतन्त्रमा समस्या भइरहँदा सुनमा लगानीकर्ताको आकर्षण बढेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ