arrow

५.९ रिक्टर स्केलको शक्तिशाली भूकम्प    

logo
प्रकाशित २०७६ साउन २२ बुधबार
earthquake2.jpg

पोर्ट भिला । प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ ।     
अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस)  का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो ।     
     
यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९.८ किलोमिटर गहिराईमा रहेको थियो ।     
     
यस भूकम्पको कारण हालसम्म मानवीय र भौतिक संपत्ति क्षतिको कुनै समाचार प्राप्त भएको छैन । 

भूकम्पपछि सुनामी चेतावनीको कनै सुचना जारी गरिएको छैन । 

भानुआटुमा भूकम्प र ज्वालामुखी जस्ता पाकृतिक प्रकोपले बारम्बार सताएको पाइन्छ । रासस –एएनआइ    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ