arrow

वेस्टइन्डिजलाई क्लिनस्वीप गर्दा पनि रोहितभन्दा पछि परे कोहली

logo
प्रकाशित २०७६ साउन २२ बुधबार
koholi-sharma.jpg

काठमाडौं । भारतले वेस्ट इन्डिजमा खेलेको तीन टी–२० इन्टरनेशनल सिरिजका सबै खेलमा जित हासिल गरेको छ । सिरिजको अन्तिम खेलमा पनि भारतले वेस्ट इन्डिजलाई ७ विकेटले हराएको हो ।

यससँगै विराट कोहलीको कप्तानीमा भारतले विश्वकपपछिको पहिलो श्रृङ्खला क्लिन स्वीप गरेको छ । यससँगै कोहली टी२० स्पेशलिस्ट कप्तानको सूचीमा सामेल भएका छन् । तर, अझै पनि कोहली रोहित शर्माको तुलनामा भने पछाडि नै छन् ।  

विराट कोहलीले सन् २०१७ देखि अहिलेसम्म २५ टी२० इन्टरनेशनल खेलमा केवल १५ खेल जितेका छन् । उनको कप्तानीमा भारतले केवल ६२ दशमलव ५ प्रतिशत खेल जितेको छ । रोहित शर्माले सोही अवधिमा आफ्नो कप्तानीमा भारतलाई १५ मध्ये १२ खेलमा जित दिलाएका छन् । जुन ८० प्रतिशत जित हो ।

दुई मुलुकविरुद्धको ३ओटा टी२० खेलको श्रृङ्खलामा क्लिन स्वीप गर्ने रोहित एक्लो कप्तान हुन् । एमएस धोनी र कोहलीले एक÷एक पटक ३ खेलको टी–२० सिरिजमा क्लिन स्वीप गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ