arrow

नगरपालिकाद्वारा विपन्नलाई जस्तापात

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ साउन २२ बुधबार
rahats.jpg

कपिलवस्तु । महाराजगंज नगरपालिकाले  नगर क्षेत्रका  फुसको घरको छाना भएका विपन्न र गरिब परिवारलाई जस्तापाता वितरण गरेको छ । खरको छानो मुक्त गर्ने अभियान अन्तर्गत नगरपालिकाले जस्तापाता वितरण गरेको हो । नगरपालिकाले ११ वटै वडामा रहेका १ सय ५० भूमीहीन  गरिब परिवारलाई जस्ता पाता वितरण गरेको छ ।

नगर प्रमुख  अब्दुल कलाम खां, उप प्रमुख  शुभावती कुर्मी र वडाअध्यक्ष, कर्मचारी सहितको टोलिले जस्ता पाता वितरण गरेको हो । जस्तापाता वितरण पछि महाराजगंजका प्रमुख  अब्दुल कलामले  गरीब समुदायहरुलाई परिवर्तन ल्याउन र उनीहरुको खुशी फर्काउन जस्ता पाता वितरण गरिएको बताए ।

साथै आगामी आर्थिक वर्षमा समेत निरनतर वडा वडामा खरको छाना पहिचा गरी घर बनाउन नसकनेलाई प्राथिमिकताको आधारमा जस्तापाता प्रदान गरिने उनले बताए ।   गत आर्थिक बर्षमा १ सय ५० घरधुरीलाई जस्तापाता वितरण गर्ने कार्य अनुसार प्रदेश सरकार र  नगरपालिकाले ८५ लाख रुपैयाँ बजेट छुट्याएर काम गरिएको उनले बताए  । प्रत्येक घरधुरीलाई ८ वटा जस्ता पाता, ९ वाट पाइप वितरण गरिएको वडा नं १ का वडा अध्यक्ष शिव प्रसाद बनियाले बताए ।

जस्तापाता लिएपछि वडा नम्बर १ की स्थानिय सुमित्रा सुनारले आफूलाई अत्यन्त खुशी भएको प्रतिक्रिया दिइन । ‘पानीले छानो सबै भत्काएर हिजोदेखि खाना बनाउन पाएको थिइन, अब मलाई ढुक्क भयो ।  उने भनीन अब गरिबलाई पनी रातह भएको छ ।

त्यस्तै वडा नम्बर ४ का गिता कलवारले आफूले जस्ता पाता पाएपछि तत्काल टिनको छाना भएको घर बनाउने  बताइन् । खाना बनाउंदा छाता ओढेर पकाउनु पथ्र्यो अब हामीलाई ठुलो राहत भयो ।’ ज्याला मजदुरी गरेर परिवार लालनपोषण गर्नुपरेकोले छाना फेर्न नसकेको दुख भएको सयममा नगरपालिकाले छानो दिएकोमो खुशी व्यक्त गरिन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ