arrow

हजार्डको गोलले रियाल बिजयी

logo
प्रकाशित २०७६ साउन २३ बिहिबार
hazard1.jpg

काठमाडौं। रियाल मड्रिडले आफ्नो प्रिसिजनमा केहि लय समातेको छ। चेल्सीबाट रियाल भित्र्याईएका खेलाडी एडेन हजार्डले जर्मन क्लब लाईप्जिग बिरुद्ध दर्शनीय गोल गर्दै राम्रो सुरुवात गरेका छन्।

उनले काउण्टर आक्रमणमा गोल गरेर आफ्नो आगमनको संकेत दिएका छ। यो सिजनमा रियालले केहि राम्रो प्रदर्शन गर्ने आशा समर्थकहरुले गरेका छन्। गारेथ बेल र हामेश रोड्रिगेजको भविष्य के हुने अझै टुंगो लागिसकेको छैन।

दुई खेलाडी ब्यवस्थापक जिनेदिन जिदानको ‘गेमप्लान’मा परेका छैनन्। दुई खेलाडीले रियाल मड्रिड छाड्ने आकलन धेरै अगाडिदेखि भए पनि अन्तिम समयसम्म टुंगो लागेको छैन। मड्रिडमा जिदानको पहिलो छनोटमा नपरे पछि दुई खेलाडिको भविष्य अन्यौल देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ