arrow

क्रिकेट बरियतामा पारस उक्लिंरहँदा सोमपाल ओरालो लागे

logo
प्रकाशित २०७६ साउन २३ बिहिबार
paras-khadka.jpg.jpeg

काठमाडौं। नेपाली क्रिकेटका कप्तान पारस खड्का आईसीसीले जारी गरेको नयाँ टि-२० क्रिकेट बरियतामा अलराउण्डर तर्फ माथि उक्लिएका छन्। त्यसैगरि पारस ब्याटिङ तर्फ नि उकालो लागेका छन्।

ऊलराउण्डर तर्फ ३९औं स्थानबाट २५औं स्थानमा उक्लेका पारस ब्याटिङ तर्फ ९३औं स्थानबाट ६६औं स्थानमा उक्लिएका छन्। यसरी अलराउण्डरमा पारस उक्लिरहँदा सोमपाल कामी भने ४८औं स्थानबाट ६६औं स्थानमा ओर्लेका छन्।

बलिङ तर्फ पनि सोमपाल ओरालो लागेका छन्। यसअघि ६६औं स्थानमा रहेका सोमपला ७८औं स्थानमा पुगेका छन्।

सिंगापुरमा भएको विश्वकप छनौट खेलमा खासै उल्लेख्य प्रदर्शन गर्न नसकेपछि सोमपालको बरियता ओरालो लागेको हो भने पारसले आफुले खेलेका खेलहरुमा राम्रो प्रदर्शन गरेका थिए।

अलराउण्डर बरियतामा पारसले वेष्टईन्डिजका आन्द्रे रशेल, न्युजिल्याण्डका कोलिन डि ग्रान्डहोम, भारतका विश्वकपमा चर्चित रहेका हार्दिक पाण्ड्या जस्ता खेलाडीहरुलाई पछि पारेका छन्।

ब्याटिङ तर्फ पारसले वेष्टईण्डिजका क्रिश गेल र भारतका ऋषभ पन्तलाई पछि पारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ