arrow

दक्षिण एसियामा सम्भावित सैन्य टकरावप्रति अमेरिकाको चिन्ता 

logo
एजेन्सी
प्रकाशित २०७६ साउन २३ बिहिबार
US_flag.jpg

काठमाडौं । अमेरिकाले बुधवार दक्षिण एसियामा तनाव कम गर्न र सम्भावित सैन्य द्वन्द्व रोक्न तत्काल वार्ता आवश्यक रहेको बताएको छ । अमेरिकाले पाकिस्तानले भारतीय उच्चायुक्त निष्कासित गर्ने  र राजनीतिक सम्बन्धलाई घटाउने निर्णय गरेको केही समयमा आएको हो । 

जम्मु कश्मीरलाई विशेष दर्जा दिने धारा ३७० को धेरैजसो प्रावधान रद्द गरेसँगै पाकिस्तान र भारतको तनाव पुनः बढेको हो । पाकिस्तानले यसलाई एकतर्फी र अवैध बताउँदै आएको छ । उसले बुधवार भारतीय उच्चायुक्त अजय बिसारियालाई निष्कासित गरेको छ । साथै भारतीय राजनीतिक सम्बन्ध पनि घटाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका एक वरिष्ठ अधिकारीले दक्षिण एसियाको घटनाक्रमको विषयलाई लिएर सोधिएको प्रश्नमा तत्काल वार्ता शुरु गर्नु जरुरी रहेको बताएका हुन् । 

नाम सार्वजनिक नगर्ने शर्तमा उक्त अधिकारीले अमेरिका पाकिस्तान र भारतको सुमधुर सम्बन्धको पक्षमा रहेको बताएका छन् । 

अमेरिकाले सबै पक्षलाई शान्त रहन आह्वान गरेको छ । अमेरिकाले यसअघि नै अमेरिकाले जम्मु कश्मीरलाई विशेष दर्जा रद्द गर्नुभन्दा पहिला यसको सूचना दिएको समाचारको खण्डन गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ