arrow

भारतविरुद्ध उत्रिएको भन्दै अमेरिकाले दियो पाकिस्तानलाई यस्तो चेतावनी

logo
प्रकाशित २०७६ साउन २३ बिहिबार
loc.jpeg

काठमाडौं । जम्मू–कश्मीरका सम्बन्धमा भारतको केन्द्र सरकारले अनुच्छेद ३७० हटाएपछि त्यसको अमेरिकाले खुलेर समर्थन गरेको छ । 

अमेरिकाले भारतको उक्त कदमको समर्थन गर्दागर्दै पाकिस्तानलाई विरोध गरिरहेको भन्दै खवरदारी गरेको छ । 

अमेरिकाले पाकिस्तानलाई आफ्नो जमीनमै रहेर आतंकवादी र आतंकवादी गुटको विरुद्धमा कार्वाह ीगर्न सुझाव दिएको छ । 

अमेरिकाले पाकिस्तानलाई नियन्त्रण रेखा (एलओसीं मा घुसपैठ गर्नेहरुलाई समर्थन गर्न पनि छाड्न सुझाव दिएको छ । 

अमेरिकी हाउस फरेन असेयर्स तथा सिनेट फरेन रिलेशन कमिटिले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पाकिस्तानलाई उक्त सुझाव दिएको हो । 

अमेरिकाले भारतलाई पनि स्पष्टै भनेको छ –लोकतन्त्रमा पारदर्शिता र राजनीतिक सहभागीता महत्वपूर्ण छ आशा छ भारत सरकार जम्मू–कश्मीरमा यो कुराको ख्याल गर्नेछ । 

यता पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यो मुद्धाबारे ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसन तथा साउदी अरबका युवराज मुहम्मद बिन सलमानसंग कुराकानी गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ