arrow

भेनेजुएलाले वार्ता टोली नपठाउने

logo
प्रकाशित २०७६ साउन २३ बिहिबार
juna-guaido-venezuelan.jpg

भेनेजुएला । भेनेजुएलाले बारबारडोसमा हुन लागेको विपक्षी दलका प्रतिनिधिहरुसँगको वार्ताका लागि आफ्नो तर्फको वार्ता टोली नपठाउने भएको छ । भेनेजुएला सरकारले अर्को चरणको वार्ताका लागि टोली पठाउने बताएकोमा पछिल्लो समयमा संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि आर्थिक प्रतिबन्धको नयाँ कार्यक्रम घोषणा गरेको कारण देखाएर सो वार्ताका लागि सरकारी प्रतिनिधि नपठाउने भएको जनाएको हो ।

भेनेजुएला सरकार र त्यहाँका विपक्षीहरुकाबीचको वार्ता बिहीबार र शुक्रबारका लागि तय भएको थियो । उक्त वार्ताका लागि आफूहरुले प्रतिनिधि नपठाउने निर्णय गरिएको भेनेजुएलाका सरकारी अधिकारीले जनाएका छन् ।

भेनेजुएलाको सरकारका वार्ता टोलीका प्रमुख जर्ज रोड्रिगुजले दिएको जानकारी अनुसार अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीको विरोधस्वरुप भेनेजुएला सरकारले सो वार्ता टोलीमा प्रतिनिधि नपठाउने निर्णय गरेको जानकारी दिए । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ