arrow

कम्बोडियाको समुद्री किनारामा चिनियाँ सेना...

logo
प्रकाशित २०७६ साउन २३ बिहिबार
cambodia-china-army.jpg

काठमाडौं। चीन र कम्बोडियाको बीचमा कम्बोडियाको समुद्री किनारामा चिनियाँ सेनाको प्रयोगको अनुमति दिने सम्झौता भएको छ। यो सम्झौताले चिनियाँ सेनालाई कम्बोडियाको रिम नेभल बेसमा महत्वपूर्ण अधिकार प्रदान गरिएको छ। यो अधिकार ३० वर्षको लागि प्रदान गरिएको हो। यसको आधारमा चीनले स्टेशन, हतियार र युद्धअभ्यासलगायतका गतिविधि गर्न पाउनेछ।

यसैबीच चिनियाँ कम्पनीले रिम नजिकै दारा सकोरमा एयरपोर्ट निर्माण गरिरहेको छ। आगामी वर्ष यो एयरपोर्ट सर्वसाधारणको लागि खुल्नेछ। यो कम्बोडियाको सबैभन्दा ठूलो विमानस्थल हुनेछ। चीनले यसलाई व्यावासायिक प्रयोजनका लागि प्रयोग गरिने बताउँदै आएको भए पनि स्याटेलाइटको तस्वीरले यो विमानस्थलको रनवे आवश्यकताभन्दा लामो छ।

यस किसिमको रनवे चिनियाँ सैन्य यातायातका विमानको लागि उपयुक्त हुने किसिमको छ। यसको माध्यमबाट चीनले स्ट्रेइट अफ मालाकामा आफ्नो प्रभाव बढाउने योजनामा छ। यो विश्वको सबैभन्दा महत्वपूर्ण समुद्री घाँटी हो। 

यस किसिमको विकास चीनको लागि निकै महत्वपूर्ण हुनसक्ने बताइएको छ। चीनले पछिल्लो समय दक्षिण चीन सागरका केही टापुमा पनि आफ्नो कब्जा बढाइरहेको छ। यसको माध्यमबाट दक्षिणपूर्वी एसियामा आफ्नो प्रभाव बढाउने योजनामा छ। नयाँ सम्झौता चीनको लागि महत्वपूर्ण जित र अमेरिकको ठूलो हार भएको विश्लेषकहरुले बताउँदै आएका छन्। अमेरिकाले कम्बोडियामा अर्बौंको लगानी गरेको छ। तर, पनि कम्बोडिया पछिल्लो समय चीनतर्फ ढल्किएको छ।

चीन अहिले आफ्नो प्रभाव विश्वभर विस्तारको क्रममा छ। यस्तोमा कम्बोडियालगायतका मुलुकहरु चीनको पछि लागेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ