arrow

बाह्र किलो सुनसहित विमानस्थलबाट दुई जापानी पक्राउ

logo
प्रकाशित २०७६ साउन २३ बिहिबार
arrest_news.jpg

ढाका, बङ्गलादेश । बङ्गलादेशको राजधानी ढाकामा रहेको एक अन्तराष्ट्रिय विमानस्थलबाट दुई जापानी नागरिकलाई १२ किलोग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका एक राजस्व अधिकारीले बताएका छन् ।

मलेसियाबाट बङ्गलादेश पुगेका दुई जापानी नागरिकलाई उक्त सुनसहित बिहीबार पक्राउ गरिएको हो ।

बङ्गलादेश राजस्व अनुसन्धान निर्देशनालयका उप निर्देशक पायल पाशाले सिन्ह्वासँग भने, “ राजस्व विभागले उनीहरूले सुनसहित प्रवेश गर्दै गरेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूसँगबाट जफत गरिएको १२ किलोग्राम (३० थान सुनका टुक्रा) को मूल्य बिहीबारको बजार मूल्य अनुसार छ करोड बङ्गलादेशी टाका (सात लाख १४ हजार अमेरिकी डलर बराबर) रहेको  उप निर्देशक पाशाले बताए ।

“जापानी नागरिकहरूले हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको हरियो गेट पार गर्ने क्रममा पाइन्टको खल्तीमा लुकाइराखेको अवस्थामा उक्त सुन जफत गरिएको छ,” उनले बताए।

भन्सारले उनीहरूलाई बङ्गलादेशी प्रहरीको जिम्मा लगाईसकेको बताइएको छ ।सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ