arrow

बुवा नवाजलाई भेट्न जेल गएकी छोरी पनि पक्राउ

logo
प्रकाशित २०७६ साउन २३ बिहिबार
nawaz_sarif.jpg

इस्लामावाद । पाकिस्तानको विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरीलाई पक्राउ गरिएको छ । भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीहरुले मार्यम नवाज शरिफलाई बिहीबार पक्राउ गरेको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् ।

भ्रष्टाचारको आरोपमा पक्राउ पर्ने मध्ये उनि पनि एक प्रभावशाली व्यक्ति हुन् । उनि इमरान खान नेतृत्वको सरकारले मुख्य लक्षित गरेका व्यक्तिमा पर्छिन् । पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष समेत रहेकी मार्यमलाई पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी) ले पक्राउ गरेको हो ।

भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको जनाइएको छ ।

उनका बुवा नवाज भने गत सन् २०१८ देखि सात बर्षे सजाय भोग्न अहिले काराबासमै छन् । नवाजलाई पनि भ्रष्टाचार सम्वन्धी अभियोग नै लगाइएको छ । उनि पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भएका थिए ।  

त्यसैगरी मार्यमको काका तथा पञ्जावका पूर्व मुख्यमन्त्री शाहबाज शरिफ पनि अहिले अनुसन्धानको दायरामा छिन् । उनिका अन्य नातेदारहरुमाथि पनि अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ