arrow

सन्दीप लामिछानेले दुई विकेट लिएर पनि बचाउन सकेनन् टिमलाई 

सोमपालको टिम क्वालिफायरमा, सन्दीपको टिम बाहिरियो 

logo
प्रकाशित २०७६ साउन २४ शुक्रबार
sandip-sompal.jpg

काठमाडौं । क्यानाडामा भइरहेको ग्लोबल टी–२० क्रिकेट अन्तर्गत पहिलो इलिमिनेटर खेलमा नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएर पनि टिमलाई जिताउन सकेनन् । 

अर्का नेपाली राष्ट्रिय टिमका खेलाडी सोमपाल कामीको टिम विन्निपेग होक्सविरुद्वको खेलमा टोरन्टो नेसनल्सका सन्दीपले दुई विकेट लिएर पनि २ रनको हार बेहोर्न पुग्यो । 

खेलमा पहिला ब्याटिङ गरेको सन्दीपको टिमले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा २३८ रन बनाएको थियो ।

हेन्रिच क्लासेनले ४९ बलमा नटआउट १०६ रन बनाए । रोड्रिगो थोमसले ७३ रन बनाए । जवाफमा होक्सले १७.१ ओभरमा ५ विकेटको नोक्सानीमा २०१ रन बनाउँदा प्रकाशका कारण खेल हुन नसकेपछि डक वर्थ लुईस नियमअनुसार होक्स २ रनले विजयी भयो । 

जेपी डुमिनीले ४१ बलमा नटआउट ८५ रन बनाए । यो खेलमा सोमपाल कामी भने खेल्न पाएका थिएनन् । 

जितपछि होक्स दोस्रो क्वालिफायरमा पुग्दा सन्दीपको टिम बाहिरिएको छ । होक्सका डुमिनी म्यान अफ द म्याच भए । 

दोस्रो पटक ग्लोबल टी–२० खेलेका सन्दीप घर फर्कने छन् भने सोमपालले क्वालिफायर खेल्ने सम्भावना पालेर बस्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ