arrow

इंगलिश प्रिमियर लिगको ओपनिङ हुँदै, यस्तो छ भिडन्त

पहिलो हप्ताको यस्तो छ रोचकता 

logo
प्रकाशित २०७६ साउन २४ शुक्रबार
yorgen-clop.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबारबाट सुरु हुँदैछ । उद्घाटन खेलमा शुक्रबार राति १२ः४५ बजे लिरभपुलले एनफिल्डको घरेलु मैदानमा नर्विच सिटीसंग खेल्दैछ ।

Sadio Mane (right) returned to training after just 16 days off following international duty

उपाधि दाबेदार लिभरपुलले यसै सिजन बढुवा भएको नवप्रवेशी नर्विचलाई घरेलु मैदानमा स्वागत गर्न लागेको हो । 

लिभरपुल गत सिजन मात्र एक अंकले पछाडी पर्दै म्यान्चेस्टर सिटीलाई उपाधि सुम्पिएको थियो । 

लिभिरपुलले च्याम्पियन्स लिगमा भने टोटनह्याम हट्सपरलाई हराउँदै उपाधि जितेको थियो ।

Liverpool manager Jurgen Klopp was speaking ahead of the league opener against Norwich

लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले साडियो माने खेलका लागि तयार रहेको जनाएका छन् । 

शनिबारका खेलहरु–

डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीको भिडन्त वेष्ट ह्याम युनाइटेडसंग हुनेछ । यो खेल वेष्ट ह्यामको मैदानमा नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । 

पहिलो दिन ७ खेल हुनेछन् । राति ७ः४५ बजे एएफसी बर्नमाउथले सेफिल्ड युनाइटेडसंग, बर्नलीले साउथ ह्याम्पटनसंग, क्रिस्टल प्यालेसले एभर्टनसंग र वाट्फोर्डले ब्राइटन एण्ड हभ आल्बियनसंग खेल्नेछ । 

राति १०ः१५ बजे टोटनह्याम हट्सपरले एस्टनभिल्लासंग खेल्नेछ । 

आइतबारका खेलहरु–
आइतबार तीन खेल हुनेछन् । ६ः४५ बजे लेस्टर सिटीले वुल्भरह्याम्पनसंग र न्यूकासलले आर्सनलसंग खेल्नेछ । 

राति ९ः१५ बजे म्यान्चेस्टर युनाइटेडले चेल्सीसंग घरेलु मैदानमा खेल्नेछ । पहिलो चरणको सबैभन्दा आकर्षक खेल यही हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ