arrow

जम्मू–कश्मीरबाट ७० आतंकवादी सारिए, धारा १४४ लागू

logo
प्रकाशित २०७६ साउन २४ शुक्रबार
kashmir2.jpg

काठमाडौं । जम्मू–कश्मीरमा अनुच्छेद ३७० हटाइएपछि स्थिति सुधारका लागि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले निरन्तर ध्यान दिइरहेको जनाएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल कश्मीरमै रहेका छन् । 

समाचार सूत्रहरुलाई मान्दै भारतीय संचारमाध्यमहरुले ७० आतंकवादी तथा अलगाववादीहरुलाई कश्मीरबाट आगरामा सारिएको छ । 

उनीहरुलाई विशेष विमानबाट आगरा सारिएको बताइएको छ । कश्मीरमा अर्को आदेश नभएसम्मका लागि धारा १४४ कायमै रहने छ । 

स्कुल तथा कलेजहरु शनिबारसम्म बन्द रहने छन् । 

जम्मू कश्मीरको स्थिति सुधार र प्रशासनीक काममा निरन्तरता दिन सबै कर्मचारीलाई आदेश जारी गरिसकिएको छ । 

राष्ट्रिय सुरक्षा परिषदका अतिरिक्त सचिव एसएम सहायले केही दिनमै राज्यबाट प्रतिबन्ध हट्ने विश्वास व्यक्त गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ