arrow

जम्मू–कश्मीर मामलामा युएनले भन्यो– तेस्रो राष्ट्रले बोल्ने छैन 

logo
प्रकाशित २०७६ साउन २४ शुक्रबार
united-nations.jpg

काठमाडौं । संयुक्त राष्ट्रसंघ युएनले जम्मू–कश्मीर मामलामा भारत र पाकिस्तानलाई संयम हुन आग्रह गरेको छ । 

युएनका महासचिव एन्टोनियो गुटेरेसले दुवै देशलाई संयम रहन आग्रह गर्दै जम्मू–कश्मीर मुद्दामा तेस्रो देश गएर नबोल्ने समेत स्पष्ट पारेका छन् । 

उनले शिमला सम्झौताबारे थप स्पष्ट पादैै भने – जम्मू–कश्मीर मुद्दामा कुनै पनि तेस्रो पक्ष गएर मध्यस्थता गर्ने छैन । 

भारतले जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाउनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थता गर्ने प्रसङ बाहिर ल्याए पनि भारतले त्यसलाई अस्वीकार गरेको थियो । 

गुटेरेसका प्रवक्ता स्टिफन डुजारिकले महासचिवले जम्मू–कश्मीरबारे ध्यान दिइरहेको र दुवै देशलाई शान्ति बनाइराख्न समेत अपिल गरेको बताए । 

उनले सन् १९७२ मा भारत र पाकिस्तानबीच भएको शिमला सम्झौताबारे पनि कुरा उठाएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ