काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हृयारी बुधबार स्वदेश फर्किने भएका छन् । नेपालको ११ दिने बसाइ सकेर हृयारी वुधवार बेलुका ९ः१५ को कतार एयरवेजको विमानबाट स्वदेश फर्किने भएका हुन् ।
चैत्र ६ गते नेपालको औपचारिक भ्रमणमा आएका हृयारीले भुकम्पप्रभावित क्षेत्रमा अझै धेरै समय विताउन चाहेपछि निर्धारित समय भन्दा एक हप्ता समयावधि बढाएका थिए । हृयारीले पछिल्ला केही दिन भूकम्पले क्षति र्पुयाएको गोरखाका विभिन्न विद्यालय र भौतिक संरचना निर्माणमा समेत सहभागिता जनाएका थिए । उनी मंगलबार अपराहृन गोरखाको लापू गाविसबाट काठमाडौं आएका थिए ।
त्यसअघि उनले पाटन दरबार स्क्वायर क्षेत्र र भूकम्पले क्षति र्पुयाएको भक्तपुर, बर्दीया, पोखरा लगायतका क्षेत्रको भ्रमण गरेका थिए । नेपालमा रहदाँ ह्यारीले राष्ट्रपति, प्रधानमन्त्रीसंग भेटघाट गरेका थिए । उनी भुकम्प प्रभावित क्षेत्रमा रहदाँ भुकम्प पिडितहरुकै टहरामा बसेका थिए भने काठमाडौंमा रहदाँ लैनचौरस्थित बेलायती दूतावासमा बस्दै आएका छन् ।
निकै लामो समयपछि बेलायती राजपरिवारका सदस्य नेपाल भ्रमणमा आएका हुन्। उनको भ्रमणलाई नेपालीले उत्साहपुर्वक प्रशंशा गरेका छन् । उनले नेपालमा रहदाँ नेपाल, नेपाली र गोर्खा सैनीकको खुवै सकारात्मक चर्चा गरेका थिए । उनको विदाईमा नेपालीले नमिठो महषुश गरिरहेका छन् ।