arrow

ट्रेड युनियन अधिकार खोस्ने सपना नदेख्न सरकारलाई गगन थापाको चेतावनी

फियन युवा समितिमा जेम्स र महिला समितिमा टिकाकलाको नेतृत्व                        

logo
प्रकाशित २०७६ साउन २५ शनिबार
gagan-fian.jpg

काठमाडौं। नेपाल वित्तीय संस्था कर्मचारी संघ फियनको दोस्रो राष्ट्रिय यूवा र महिला सम्मेलनबाट युवा समिति अध्यक्षमा जेम्स जोशी र महिला समिती अध्यक्षमा टिकाकला शर्मा निर्विरोध निर्वाचित भएका छन्। 

सम्मेलनको उदघाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले केहि मान्छेहरु आधिकारिक ट्रेड युनियनलाई खारेज गर्न लागी परे पनि यो सम्भव नहुने ठोकुवा गरे। ट्रेड युनियन अधिकार संविधान मै व्यवस्था भएको विषय भएकोले कसैको इच्छा हुँदैमा खारेज र बन्देज लगाउन नसकिने स्पष्ट पारे।

प्रतिनिधि सभाका सांसद समेत रहेका थापाले भने वर्तमान सरकारले जताततै नियन्त्रण गर्ने उदेश्यकासाथ शिक्षा, गुठी र मिडिया विधेयक ल्याएको तर सफल हुन नसकेको बताए। दुई तिहाईको दम्भमा जथाभावी गर्न खोज्दा मुलुक दुर्घटनाको नजिक पुगेको छ।

सरकारको गलत कामको विरोध गर्दै वर्तमान यूवाहरुको इच्छा र चाहना बमोजिमको नीति कार्यक्रम ल्याउन सके मात्र कांग्रेसले अर्को चुनाव जित्ने दाबी थापाको छ।

केन्द्रीय सदस्य सरिता प्रसाईंले सरकारले हरेक निकाय र संरचनालाई आफ्नो नियन्त्रणमा राखी निरंकुशता लाद्न खोजेको आरोप लगाइन।

ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले युवा र महिलाहरु लोकतन्त्रको पिलर जस्तै भएकोले वर्तमान सरकारले ट्रेड युनियन खारेज गरि आफु अनुकुलको ऎल्लो ट्रेड युनियन बनाउने भित्री मनसाय देखिएकाले युवा शक्ति जाग्ने बेला आएको बताए।

फियनका केन्द्रीय अध्यक्ष पदमराज रेग्मीले परिवर्तनका संवाहक युवा र महिलाहरुलाई ट्रेड युनियन आन्दोलनमा सार्थक प्रतिनिधित्व र नीति निर्माण तहमा सहभागी गराउन संरचना निर्माण गरेको बताए।

सम्मेलनलाई फियनका वरिष्ठ उपाध्यक्ष धर्म खनाल, टिकाकला शर्मा, बन्दना शर्मा, फियन कृषि विकास बैंकका अध्यक्ष सुजित विक्रम शाह लगायतले सम्बोधन गरेका थिए।

सम्मेलनमा ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङ, महिला समिती अध्यक्ष सुधा दाहाल, फियन महासचिव हरिराज खरेल, निवर्तमान महासचिव लक्षमण अधिकारी, उपमहासचिव कमल कुमार खत्री, पर्शुराम खनाल, युनि नेपाल युवा समिती अध्यक्ष वरुण खड्का, फियनका पदाधिकारीहरु लगायत उपस्थित थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ