arrow

प्रिमियर लिग सुरु, लिभरपुलको बिजयी सुरुवात

logo
प्रकाशित २०७६ साउन २५ शनिबार
liverpool-norwich-salaha.jpg

एजेन्सी। लिभरपुलले ईङलिश प्रिमियर लिगको २०१९-२०को सत्रको सुखद सुरुवात गरेको छ। पहिलो खेलमा नर्विच सिटीलाई ४-१ गोलले पराजित गर्दै लिभरपुलले आफ्नो चाहाना स्पष्ट पारेको छ।

नर्विचले आफ्नै पोष्टमा गोल गर्दै लिभरपुललाई १ गोलको अग्रता दिलाएका थिए।खेलको ७औं मिनेटमा नर्विचका ग्रान्ट हान्लीले गोल गरेका थिए।

खेलको १९औं मिनेटमा सलाहाले गोल गर्दै २ गोलको अग्रता लिभरपुललाई दिलाएका थिए। फर्मिनोको पासमा सलाहाले गोल गरेका थिए।

गत सिजनमा दोस्रो स्थानमा चित्त बुझाएको लिभरपुलले यसपाली लिग उपाधि जित्नका लागि दाबेदारी पेश गरेको छ। लिभरपुलका लागि मोहम्मद सलाहाले राम्रो खेलको प्रदर्शन गर्दा लिभरपुलमा उत्साहा थपिएको छ। त्यसैगरि रोबर्टो फर्मिनोले पनि राम्रो खेलको प्रदर्शन गरेका थिए तर उनी थोरै अभागी रहे र उनका प्रयासहरु गोल हुन सकेन।

खेलको २८औं मिनेटमा सलाहाले प्रहार गरेको कर्नरमा भान डाईकले गोल गरेका थिए। त्यसैगरि ४२औं मिनेटमा डिभोक ओरिगीले गोल गर्दै ४-०को अग्रता दिलाएका थिए।

रक्षापंक्तिका खेलाडी भर्जिल भान डाइकले पनि गोल गर्दै आफ्नो फर्म जारी रहेको घोषणा गरेका छन्। लिभरपुलका पहिलो रोजाईका गोलकिपर एलिसन बेकर घाईते हुँदा लिभरपुललाई केहि धक्का लागेको हुनसक्छ ।

दोस्रो हाफमा नर्विचले केहि सुधारिएको प्रदर्शन गरेको थियो। पहिलो हाफमा जस्तो लिभरपुललाई खुलेर खेल्न रोकेको थियो भने आफ्नो आक्रमणहरु पनि जारी राखैको थियो। दोस्रो हाफमा नर्विचले १ गोल गर्दा लिभरपुल गोलबिहिन रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ