arrow

भारतमा कम्युनिष्ट नेताद्वय यचुरी र राजा पक्राउ, भाजपा तानाशाही भएको आरोप

logo
प्रकाशित २०७६ साउन २५ शनिबार
jammu-kashmir-ladakh.jpg

श्रीनगर, भारत। भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी र नेता डि राजालाई शुक्रबार गिरफ्तार गरिएको छ ।

विवादास्पद जम्मु–कश्मीरतर्फ जाने क्रममा श्रीनगर विमानस्थलबाट सरकारी सुरक्षाकर्मीहरुले पक्राउ गरेका हुन् ।

जम्मु कश्मीर क्षेत्रका आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई भेट्न गएका बेला उनीहरु पक्राउ परेको समाचारमा जनाइएको छ ।

आफ्ना नेता पक्राउ परेको घटनाप्रति भाकपाले विरोध जनाउँदै भारतीय जनता पार्टी (भाजपा) को सरकार ‘तानाशाही’ भएको आरोप लगाएको छ ।

जम्मु–कश्मीर राज्यलाई केन्द्र मातहत ल्याउने भारत सरकारको निर्णयका विरुद्धमा भारतीय कम्युनिष्ट पार्टीका नेताहरुले प्रदर्शन गर्दै आएका छन् । उनीहरू जम्मु कश्मीर राज्यको अधिकार खोसिएको भन्दै विरोधमा उत्रिएका हुन् ।

भारतको केन्द्रीय सरकारको पछिल्लो निर्णय प्रजातन्त्र विरोधी भएको पनि उनीहरुको भनाई छ ।

भाकपा महासचिव यचुरी र अर्का नेता राजाले जम्मु कश्मीर भ्रमणका क्रममा आफूलाई कुनै अवरोध नहुने वातावरण बनाउन आग्रहसहित जम्मु–कश्मीरका गभर्नर सत्यपाल मलिकलाई पत्राचार गर्नुभएको थियो ।

येचुरीले पार्टीको लेटरहेडमा जम्मु–कश्मीरका राज्यपाल मलिकलाई लेखेको पत्र सामाजिक सञ्जाल ट्विटरमा सेयर गरेका थिए । पत्रमा उनले मलिकसँग आफू, भारतीय कम्युनिष्ट पार्टीका नेता (भाकपा) नेता राजा, युसुफ तारीगामीसँग भेट गर्न जाने निश्चित भएको उल्लेख गरेका थिए । 

यसअघि काँग्रेस नेता गुलाम नाबी अजादलाई पनि बिहीबार श्रीनगर विमानस्थलबाट जम्मु–कश्मीर क्षेत्रमा जान नदिएर केन्द्रीय राजधानीतर्फ नै फिर्ता पठाइएको थियो । 

संविधानबाट जम्मू–कश्मीरलाई विशेष सुविधा दिँदै आएको धारा ३७० खारेज गरिएपछि भारतसहित छिमेकी देशहरुमा समेत तरङ्ग फैलिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ