arrow

रुसमा क्षेप्यास्त्र परीक्षण दुर्घटनामा पाँचको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७६ साउन २५ शनिबार
russia-millitary-base-nyonoska.jpg

मस्को। रुसको उत्तरी ध्रुवीय क्षेप्यास्त्र परीक्षण स्थलमा बिस्फोट हुँदा पाँच जना कर्मचारीको मृत्यु भएको रुसी आणविक विभाग (रोसाटोम)ले शनिबार जनाएको छ। 

तरल इन्धन सञ्चालित रकेट इन्जिनको परीक्षणका क्रममा बिहीबार उक्त दुर्घटना भएको थियो। यो घटना रुसको दुर्गम अर्खानजेलेस्क क्षेत्रमा भएको थियो। रोसाटोमले जारी गरेको वक्तव्यमा आफ्ना पाँच जना कर्मचारीको मृत्यु भएको र अरु तीन जना घाइते भएको उल्लेख छ।

स्थानीयबासीले आणविक विकिरणको सम्भावना रहेको भन्दै सरकार र स्थानीय प्रशासन समक्ष सचेतता अपनाउन आग्रह गरेका थिए। तर रोसाटोमले आणविक चुहावटको सम्भावना नरहेको स्पष्ट गरेको छ।

रुसी पनडुब्बीमा प्रयोग हुने आणविक क्षेप्यास्त्रको परीक्षण स्थलमै दुर्घटना भएकाले यसको प्रभाव स्थानीयबासीमा पर्न सक्ने बताइएको छ। स्थानीय सञ्चार माध्यमले स्थानीय शहरमा आणविक विकिरणको स्तर बढेको समाचार दिएका छन्।

रोसाटोमले मृत्यु भएका र घाइतेहरुको शरीर परीक्षण र उपचारका लागि राजधानी मस्को ल्याइएको जनाएको छ। घाइतेहरुको विशिष्टीकृत मेडिकल सेन्टरमा उपचार भइरहेको रोसाटोमले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ