arrow

न्युजिल्याण्डको समुद्री किनारामा भेटियो २० लाख डलर पर्ने कोकिन

logo
प्रकाशित २०७६ साउन २५ शनिबार
newzealand-cocaine-2019.jpg

विलिंटन (न्युजिल्याण्ड)। न्युजिल्याण्डको प्रहरीले अकल्याण्डको बेथेल्स समुद्री किनारामा २० लाख डलर पर्ने १९० बंडल कोकिन फेला पारेको छ। प्रहरीका अनुसार उक्त कोकि नगत बुधबार राति भेटिएको हो।

प्रहरीका अनुसार शुरुमा समुद्री किनारामा १९ बंडल भेटिएको र प्ररीक्षणको क्रममा यो कोकिन भएको पुष्टि भएको हो। प्रहरीले हेलिकोप्टर, गश्ती र नौकाको सहयोगमा समुद्री तट आसपारका क्षेत्रमा पनि खोजी कार्य तीव्र पारेको छ। यसबाट कोकिन कहाँबाट आएको भन्ने कुरा पत्ता लगाउन सकिने उनीहरुको भनाइ छ।

प्रहरीले अझै पनि केही मात्रामा कोकिन समुद्री तटको असपासमा हुनसक्ने अनुमान गरेको छ। यसका लागि लगातार जाँच भइरहेको बताइएको छ। प्रहरीले सर्वसाधारणलाई त्यस्तो कुनै संदिग्ध पदार्थ मिलेको खण्डमा त्यसको जानकारी प्रहरीलाई दिन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ