arrow

कूटनीतिक रुपमा पछि पर्दै पाकिस्तान

logo
प्रकाशित २०७६ साउन २५ शनिबार
pakistan-imran-khan-primeminister.jpg

काठमाडौं। पाकिस्तान र भारतको लागि कश्मीर लामो समयदेखि एक समस्या बन्दै आएको छ। पाकिस्तानले यो मुद्दालाई अर्न्तराष्ट्रिय मुद्दाको रुपमा अघि सार्ने प्रयास पनि गर्दै आएको छ। तर, भारतले जम्मु-कश्मिरलाई विशेष दर्जा दिने निर्णय खारेज गरेसँगै कश्मीर मुद्दाले नयाँ मोड लिएको हो। यसको अर्थ अब कश्मीरको मुद्दा भारत र पाकिस्तानको आन्तरिक मुद्दा बनेको छ। 

अहिले कश्मीरी नेतालाई अहिले तीन विकल्प छन्–अब यहाँको मुद्दा भारतको सर्वोच्च अदालतमा पुग्न सक्छ र यहाँको संविधान उलंघनको विषयमा चर्चा हुनेछ। अर्को कुरा कश्मीरमा आगामी दिनमा थप अशान्त बन्न सक्छ। साथै, भारतको यो निर्णयले कश्मीरको नेतृत्वले नयाँ सीमाबाट त्यहाँका नागरिकलाई जतिसक्दो धेरै फाइदा दिलाउन सक्ने विषयमा सोच्न सक्छन्।

कश्मीरको विषयमा भारतले लिएको निर्णय उसको संवैधानिक र राजनीतिक प्रणालीमा आधारित छ। तर, यसमा पाकिस्तानको पनि केही भूमिका छ। यसअघि भारतले पाकिस्तानसँग यस मामिलामा कुरा गर्नको लागि पनि प्रयास गरेको थियो। कश्मीरमा लामो समयदेखि विभिन्न किसिमको आन्दोलन तथा अशान्ति फैलिएको थियो। 

अचम्ममा परेको पाकिस्तान
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतमा केही समयअघि सम्पन्न भएको निर्वाचनमा नरेन्द्र मोदीले जित हासिल गरेसँगै कश्मीर मुद्दालाई सहजरुपमा समाधान गर्न सकिने विश्वास लिएका थिए। मोदीले पनि सबै छिमेकीसँगको सम्बन्ध सुधार गर्ने बताएका थिए। तर, भारतले कश्मीरको विषयमा गरेको निर्णयले भने पाकिस्तान आश्चर्यमा परेको छ। पाकिस्तानले यसैको प्रमाणस्वरुप भारतसँगको व्यापार बन्द गर्ने निर्णय समेत गरिसकेको छ। 

कश्मीरको मुद्दा विगत ७० वर्षदेखि चल्दै आएको मुद्दा हो। पाकिस्तानले आतंकवादी संगठनको प्रयोग गरेर यो क्षेत्रलाई अशान्त बनाएको भारत बताउदै आएको छ। तर पाकिस्तान भारतको उक्त आरोपको खण्डन गर्दै आएको छ। किनकी, संयुक्त राष्ट्रसंघको वित्तीय विभागको कालोसूचीमा पर्ने डर पकिस्तानलाई छ।

पाकिस्तानको कमजोर पक्ष 
कश्मीर मुद्दामा पाकिस्तानको पक्ष त्यति बलियो छैन। जम्मु-कश्मीरका मानिसहरु शान्ति, मानव अधिकार, आर्थिक अवसरलगायतका कुराको खोजीमा छन्। पाकिस्तानले भने आफ्नो नियन्त्रणमा रहेको कश्मीरमा फरक फरक किसिमको व्यवस्था लागू गर्दै आएको छ। अहिले पाकिस्तानले त्यसलाई आजाद कश्मीरको नाम र राजनीतिक पार्टी स्थापना गरेर छुट्टै मुलुकजस्तो बनाएर राखेको छ।

सन् २००९ मा पाकिस्तानले कश्मीरमा आफ्नै नियम बनाउने पाउने अधिकार सुनिश्चित गरेको थियो। तर, पाकिस्तानले दिएको जम्मु-कश्मीरको मुद्दा अहिलेसम्म पनि पूर्णरुपमा समाधान हुन सकेको छैन। सन् १९६३ मा भएको पाकिस्तान–चीन सीमा सम्झौताको कारण सयौं वर्गकिलोमिटर कश्मीर र लद्दाखको भूमि चीनमा परेको छ। 

भारतको कूटनीति
भारतको अहिलेको कदमले आगामी दिनमा पाकिस्तानले कश्मीर मुद्दामा पाकिस्तानको अस्थिर अवस्था परिवर्तन हुने विश्वास लिइएको छ। सन् १९४८ मा पहिलोपटक भारतले जम्मु-कश्मीरको मुद्दा उठाएको थियो। त्यतिबेला यो मुद्दालाई सुल्झाउँदै संयुक्त राष्ट्रसंघले यो भूमिमा दुवै मुलुकको प्रभाव नरहने बताएको थियो। अहिले भने संयुक्त राष्ट्रसंघले यो मुद्दामा खासै चासो देखाएको छैन।

सार्कका श्रीलंका, बंगलादेश र माल्दिभ्सले भारतको संविधान परिवर्तन गर्नु उसको आन्तरिक कुरा रहेको बताएका छन्। यूएईले भने यसले कश्मीरी नागरिकको जीवनयापन सहज हुने विश्वास व्यक्त गरेका छन्। 

यस विषयमा अमेरिकाले पनि भारतको आन्तरिक मामिला रहेको बताइसकेको छ। भारतले जम्मू-कश्मीरलाई लिएर जे फैसला गरेको छ त्यो भातीय संविधान अनुसार नै भएको रुसले बताएको छ भने टर्की र मलेसियाले पनि यो मुद्दामा भारतको विरोध नगरी पाकिस्तानलाई सहयोग गर्ने बताएका छन्। चीनले पनि आफ्नो पश्चिमी क्षेत्रमा रहेको लद्दाको भूमिको विषयमा मात्र चासो व्यक्त गरेको छ।

चीनको भारतसँगको वार्षिक व्यापार ९५ अर्ब डलर हुने गरेको छ। जबकी पाकिस्तानसँग उसको व्यापार १३ अर्ब डलर मात्र छ। टर्कीको पनि भारतसँग ८ अर्ब ६० करोड र पाकिस्तानसँगै १ अर्ब डलर व्यापार हुने गरेको छ। त्यस्तै, मलेसियाले पनि भारतसँग १४ अर्ब डलर तथा पाकिस्तानसँग १ अर्ब डलरको व्यापार गर्ने गरेको छ। यस्तोमा पाकिस्तानलाई यो मुद्दालाई चर्काउनुभन्दा पनि अहिलेको अवस्थालाई बुझेर अघि बढ्नु राम्रो हुन्छ।

भारतले अहिले गरेको निर्णयमा भारत केही बलियो छ। उसले संविधान संशोधनको सबै प्रक्रिया पुर्‍याएर यो निर्णय पारित गराएको छ। उसले अहिले संशोधन गरेको संविधानको धारामा गरिएको व्यवस्था खारेजमा पनि पाकिस्तानले टाउको दुखाउनुपर्ने कारण भने देखिँदैन। भारतले अस्थायीरुपमा स्वायत्त प्रान्तको मान्यता जम्मु कश्मीरलाई दिएको थियो। यस्तोमा उक्त अस्थायी व्यवस्था अहिले खारेज गरिएको हो। यो पक्षमा बलियो रहेको कारण भारत कूटनीति रुपमा पनि पाकिस्तान भन्दा माथि रहेको देखिन्छ। दि प्रिन्टबाट साभार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ