भुटानी राजाले सुष्मा स्वराजका लागि जलाए घ्यूका हजार बत्ती
प्रकाशित २०७६ साउन २५ शनिबार
569
Shares
काठमाडौं । जापानी राजा जिग्मे खेसर नामग्याल वांगचुकले भारतीय पूर्व विदेश मन्त्री सुष्मा स्वराजलाई श्रद्धाञ्जलि दिएका छन् ।
उक्त क्रममा वांगचुकले एक मठमा प्रार्थना सभा पनि आयोजना गरेका छन् । गत बिहीबार भएको उक्त सभामा सुष्मा स्वराजको तस्वीरको सामुन्ने घ्यूको एक हजार बत्ती जलाइएको थियो ।
सुष्माको ७ अगष्टमा दिल्लीमा निधन भएको थियो । सुष्मा विदेश मन्त्री हुँदा भुटानी राजाले भारतको यात्रा गरेका थिए ।