arrow

शान्ति समाजले सद्भाब प्रबर्दनका लागि देशभर दिप प्रज्वलन गर्ने

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
index.jpg.jpeg
काठमाडौं। मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७२ चैत्र १६ गते तेह्रथुम सदरमुकाम स्थित म्याङलुङ्ग बजारमा स्वाभिमान अभियान अन्तर्गत शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान, एकता, सद्भाव र आत्मसम्मान भन्ने मुल नारा सहित जागरण सभा सम्पन्न भएको छ। 
 
कार्यक्रमका प्रमुख अतिथि तेह्रथुम जिल्लाबाट २०१५ सालमा संसदमा निर्बाचित अग्रज ब्यक्तित्व तेजमान तुम्बाहाम्फेले चार वटा दिप प्रज्वलित गरि कार्यक्रमको उद्घाटन गरि अभियानको सफलताको शुभकामना ब्यक्त गरेका थिए।  
 
कार्यक्रमका प्रमुख बक्ता मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले हिमालय क्षेत्रको संबेदनशीलताबारे शान्ति समाजले बर्षौ पहिले आवाज उठाउँदै आएको पृष्ठभुमिमा यो अभियान हिमालय बचाउ अभियान पनि भएको भन्दै संयुक्त राष्ट्रसंघको उदेश्य बिपरीत कुनै पनि महासन्धीको अपब्याख्या गर्न नहुने कुरामा ध्यानाकर्षण गराए।
 
समाजका महासचिब उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न भएको जागरण सभामा नेपाली काँग्रेस जिल्ला सभापति गोबिन्द ढुङ्गाना, नेकपा एमालेका जिल्ला अध्यक्ष तेजमान कन्दङ्बा, एनेकपा माओबादी जिल्ला अध्यक्ष दुर्गाप्रसाद चापागाई, राप्रपा नेपालका जिल्ला सचिब केशब ढुङ्गाना, राप्रपाका जिल्ला कार्यबाहक अध्यक्ष शुभभगत प्रधानाङ्ग, संघीय लिम्बुबान पार्टी नेपालका जिल्ला अध्यक्ष देउनारायण सम्बाहाम्फे, तेह्रुथुमका प्रमुख जिल्ला अधिकारी मुरारी प्रसाद ओस्ती र स्थानिय बिकास अधिकारी प्रल्हाद कुमार कार्कीले अभियानको सफलताको शुभकामना सहित मन्तब्य ब्यक्त गरेका थिए। 
 
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय कोषाध्यक्ष रेणुका पौडेलले अबधारणा पत्र प्रस्तुत गरेकी थिइन भने स्वागत तुलसी संग्रौलाले गरेका थिए। चैत्र १७ गते सद्भाब प्रबर्दन, हिंसाको खारेजि र दण्डहीनताको अन्त्यका लागी बिभिन्न जिल्लाहरुमा शान्ति समाजका जिल्ला शाखाहरुले दीप प्रज्वलन गर्दै छन्। काठमाडौको कार्यक्रम साँझ ५ बजे स्वयम्भु भगबान पाउछेउ आयोजना हुँदै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ