भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभल कश्मिरको सडकमा विरयानी खाँदै, भेडा मण्डीमा घुम्दै
प्रकाशित २०७६ साउन २५ शनिबार
647
Shares
काठमाडौं। भारतीय संविधानबाट अनुच्छेद ३७० हटाइएपछि भारतीय राष्ट्रीय सुरक्षा सलाहकार अजीत डोभाल आफैले कश्मिरको सुरक्षाको नेतृत्व गरिरहेको देखिएको छ। उनको गतिविधीले कश्मिरमा सुरक्षास्थित बलियो बनाउन मात्र नभइ स्थिति सहज बनाउन पनि रणनीति बनाउने काम गरिरहेको देखिन्छ।
दुई दिन अघी जम्मु कश्मिरको सोपियामा स्थानियसँग विरयानी खाइरहेको भेटिएका डोभालले शनिवार जम्मू कश्मीरको अनन्तनागमा स्थानियहरुसँग वजार क्षेत्रमा कुराकानी गर्दै गरेको तस्विर तथा भिडियो सार्वजनिक भएको छ। उनले मुस्लिम समुदायको बकर इदको लागि वजारमा राखिएको भेडा मण्डीमा समेत घुमेका थिए। कश्मिरका स्थानियसँग डोभलले शिक्षा स्वास्थ्य सुरक्षा लगायतका विषयमा खुलेर कुरा गरेका छन्।
डोभाल जम्मू कश्मीरमा रहँदै स्थिति सामान्य हुँदै गएको पनि देखिएको छ। शुक्रवार जम्मूमा धारा १४४ हटाइएको छ भने कश्मीरमा जुम्मेको नमाजको लागि स्थानीय मस्जिदहरुमा जान खुकुलो गरिएसँगै शनिवारबाट जम्मूमा सबै स्कूल खुलेका छन्। सम्भवत इदको बेला डोभाल जम्मु कश्मिरमै रहने आँकलन भारतीय मिडियाहरुले गरेका छन्।
भारतीय विपक्षी दल कांग्रेस आइका तर्फबाट डोभलको गतिविधीलाई प्रायोजित भएको आरोप लगाएका छन्
सत्तारुढ भाजपाका नेताहरुले कांग्रेसको आरोपलाई खण्डन गर्दै जम्मु काश्मिरमा सुरक्षास्थित बलियो बनाउन भारत सरकार अनि सुरक्षा एजेन्सीहरुको भुमिकाको सह्राना गरेका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकारको भुमिका भारतमा अहिले चर्चा चुलिएको छ।