arrow

सोनिया गान्धी भारतीय कांग्रेसको नयाँ अध्यक्ष, छोरा राहुलको ठाउँमा आइन आमा सोनिया

logo
प्रकाशित २०७६ साउन २५ शनिबार
sonia-gandi.jpg

काठमाडौं। भारतीय विपक्षी दल कांग्रेस आईको नयाँ अध्यक्षमा सोनिया गान्धी चयन भएकी छिन।

छोरा तथा  कांग्रेस आइका अध्यक्ष राहुल गान्धीले राजीनामा दिएपछि रिक्त रहेका अध्यक्ष पदमा कांग्रेस केन्द्रीय समितिले आमा तथा यूपियका अध्यक्ष समेत रहेकी सोनिया गान्धीलाई अध्यक्ष बनाएको हो।  

छोरा राहुलको ठाउँमा अन्तरिम अवस्थाका लागि आमा सोनिया गान्धीलाई कांग्रेस केन्द्रीय समितिले मनोनयन गरेको हो। 

केन्द्रिय समितिले राहुललाई राजीनामा फिर्ता लिन आग्रह गर्दा नमानेपछि उनको राजीनामा स्विकार गरि सोनिया गान्धीलाई अन्तरिम रुपमा अध्यक्ष मनोनयन गरेको हो। 

कांग्रेस पार्टीको वैठकले गान्धीलाई पार्टी नेतृत्व गर्दाको समयको लागि धन्यवाद ज्ञापन गरेको छ। पार्टीले चुनावमा हारेको जिम्मेवारी आफ्नो काँधमा मात्र लिएर राजीनामा दिने राहुलको कार्यले उच्च नैतिकता प्रदर्शन गरेको भन्दै कार्यसमितिले राहुलको उच्च प्रशंसा गरेको छ। 

केन्द्रीय समितिले सर्वसम्मत रुपमा सोनिया गान्धीलाई मनोनयन गरेको हो। 

चुनावबाट नयाँ अध्यक्ष नभएसम्म सोनियाले पार्टीको नेतृत्व सम्हाल्नेछिन्।

यसअघी सोनिया पार्टी नेतृत्वबाट अलग भएपछि छोरा राहुलले पार्टीको नेतृत्व सम्हालेका थिए। तर लोकसभा चुनावमा कांग्रेसले चुनाव हारेपछि राहुलले पार्टी अध्यक्षबाट राजीनामा दिएका थिए। 

राहुलको राजीनामा पछि उनको स्थानमा उनकी दिदी प्रियङका गान्धीलाई अध्यक्ष बनाउने चर्चा समेत चलेको थियो। 

आलोचकहरुले भने कांग्रेस गान्धी परिवारको छायाँ भन्दा वाहिर जान नसकेको बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ