arrow

सोमपालले शाहिद अफ्रिदीको लिए क्याच, जिताए म्याच

होक्स ग्लोबल टी–२० को फाइनलमा

logo
प्रकाशित २०७६ साउन २६ आइतबार
sompal.JPG

काठमाडौं । क्यानडामा भइरहेको ग्लोबल टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय टिमका खेलाडी सोमपाल कामी रहेको टिम वेनिपेग होक्स फाइनलमा प्रवेश गरेको छ । 

दोस्रो क्वालिफायर खेलमा शनिबार राति ब्रामटन वुल्भलाई ७ विकेटले पराजित गर्दै होक्स फाइनलमा पुगेको हो ।

होक्सले अब उपाधिका लागि भ्यानकुभर नाईट्ससंग प्रतिस्पर्धा गर्नेछ । नेपाली राष्ट्रिय टिमका अर्का खेलाडी सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनल्सलाई इलिमिनेटरमा हराएर सोमपालको होक्स क्वालिफायरमा पुगेको थियो । 

खेलको अवस्था

निकै रोमाञ्चक खेलमा अन्तिम बलमा एक रन लिँदै होक्सले जित निकाल्न सफल भएको हो । २०१ रनको लक्ष्य पछ्याएको होक्सले ७ विकेट गुमाएर लक्ष्य पूरा गर्न सकेको हो । 

ओपनर साइमन अनवरले २३ बलमा सर्वाधिक ५२ रन बनाए । जेपी डुमिनीले ३४ बलमा नटआउट ५० रन बनाए । ड्यानी स्मिथले नटआउट १७ रन बनाए । सन्नी सोहलले ३२ बलमा ४१, क्रिस लिनले २० बलमा ३५ तथा दयाने स्मिथले ११ बलमा नटआउट १७ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको ब्रामटन वुल्भले ७ विकेटको नोक्सानीमा २०० रन बनाएको थियो । कप्तान डारेन सामी २२ बलमा ३३ रन बनाए । बाबर हायात र शाहिद अफ्रिदीले समान ३२ रनको योगदान दिए । 

होक्सका रायद ईम्रिटले सर्वाधिक ३ विकेट लिए ।

सोमपालको खेल
डेब्यु खेलमा गतिलो छाप छाड्न नसकेपछि सोमपालले  प्लेईङ ११ मा रहेर खेल्न पाएका छैनन् । 

सब्सिच्यूट खेलाडीका रुपमा आउने गरेका सोमपालले शनिबार राम्रो फिल्डिङ गरे । 

उनले शाहिद अफ्रिदीको क्याच लिए । यो म्याचलाई नियन्त्रणमा राख्न निकै फलदायी रह्यो । क्याच लिनुअघि अफ्रिदीले १५ बलमा ३२ रन बनाइसकेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ