arrow

भारतले वेष्टइन्डिजमाथि जितको खम्बा गाड्यो

विराट कोहलीले बनाए कीर्तिमान

logo
प्रकाशित २०७६ साउन २७ सोमबार
cricket2.jpeg

काठमाडौं । दोस्रो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजलाई ५९ रनले पराजित गर्दै भारतले जितको खम्बा गाडेको छ । 

पहिलो खेल वर्षाले रद्द भएपछि निराश भारतले आइतबार राति ट्रिनिडाडको पोर्ट अफ स्पेनमा भएको खेलको दोस्रो खेलमा जित निकालेपछि तीन खेलेको सिरिजमा १–० अन्तरको अग्रता लिन सफल भएको हो । 

यो जित वेष्ट इन्डिजका विरुद्धमा भारतको लगातार चौथो जित हो । अन्तिम खेल बुधबार पोर्ट अफ स्पेनमा खेलिने छ । 

दोस्रो खेलको नतिजा
खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गर्यो । भारतले निर्धारित ५० ओभरमा ७ विकेटको नोक्सानीमा २७९ रन बनायो । 

कप्तान विराट कोहलीले करियरको ४२ औं सतक बनाए । १२० रन बनाएका कोहलीले वेष्ट इन्डिजविरुद्ध सबैभन्दा बढी रन बनाउने खेलाडीको कीर्तिमान पनि बनाए । 

बल्लेबाजी के दौरान विराट कोहली।

उनले १९ रन बनाउना साथ पाकिस्तानका जावेद मियांदादले बनाएको रेकर्ड तोडेका हुन् । मियांदादले ६४ इनिङमा १९३० रन बनाएका थिए । 

कोहलीले ८० रन बनाउना साथ एक दिवसीयमा सबैभन्दा बढी रन बनाउने भारतीयको लिष्टमा दोस्रो स्थानमा पुगेका छन् । 

उनले पूर्व कप्तान सौरभ गांगुलीलाई पछाडि छोडेका छन् । गांगुलीले ३११ खेलमा ११३६३ रन बनाएका थिए । 

कोहलीले २३८ खेलमा ११४०६ रन बनाएका छन् । कोहली सबैभन्दा बढी रन बनाउने विश्वका खेलाडीको आठौं स्थानमा पुगेका छन् । 

पहिलो स्थानमा १८४२६ रनका साथ सचिन तेन्दुलकर पहिलो स्थानमा छन् । 
श्रेयस ऐयरले ७१ रन बनाए । कार्लोस ब्रेथवेथले ३ विकेट लिए । 

जवाफमा वेष्ट इन्डिजले ४२ ओभरमा अलआउट हुँदै २१० रन बनायो । वर्षाले गर्दा ४६ ओभरमा २७० रनको लक्ष्य दिएकामा २१० रनमात्र बनाउन सकेपछि डक वर्थ लुईस नियमानुसार भारत ५९ रनले विजयी भयो । 

क्रिस गेलले २४ बलमा ११ रन बनाए । ३०० खेल खेलेर उनले १०३५३ रन बनाएर कीर्तिमान रचे । उनी सबैभन्दा बढी रन बनाउने वेष्ट इन्डिजका खेलाडी बने । 

क्रिस गेल 11 रन बनाकर आउट हुए।

यसअघि ब्रायन लाराले १०३४८ रन बनाएका थिए । ३०० खेल खेल्ने गेल पहिलो वेष्ट इन्डिजका खेलाडी हुन् । 

खेलमा इभा लेविसले सर्वाधिक ६५ रन बनाए । भुवनेश्वर कुमारले ३१ रन दिएर ४ विकेट लिए । 

मोहम्मद शामी र कुलदिप यादवले २–२ विकेट लिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ