arrow

म्यानमारका राष्ट्रपतिले बुधबार सपथ लिँदै

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
Myanmar_President_sukyi.jpg.jpeg
नेपित्व । म्यानमारका नवनियुक्त राष्ट्रपति टिन च्योले बुधबार आफ्नो पदको सपथ लिने भएका छन् । बुधबार राजधानी नेपित्वमा विशेष कार्यक्रमका साथ च्योलाई सपथ गराइने कार्यक्रम रहेको छ ।  म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको प्रमुख सहयोगीका रुपमा रहेका च्यो  लामो समयपछि म्यानमारको नागरिक सरकारको नेतृत्वकर्ताका रुपमा आएका हुन‍् ।
 
म्यानमारमा प्रजातन्त्रका लागि आफ्नो आजसम्मको जिवन अर्पण गरेकी ७० वर्षीया नेत्री सुकीलाई म्यानमारको वर्तमान संविधानले राष्ट्रपति बन्न प्रतिबन्धित गरेको छ । सोही कारणले नयाँ राष्ट्रपतिका रुपमा आफ्ना सबैभन्दा नजिकका अर्का नेता च्योलाई अघि सारेको हो । च्यो सन् २०११ देखि म्यानमारको सैनिक सरकारले सुरु गरेको भनिएको प्रजातान्त्रिक सुदृढिकरण अभियानको पिछल्लो प्रगतिका रुपमा यस पदमा निर्वाचित भएका छन् ।
 
गएको नोभेम्बर महिनामा भएको आमनिर्वाचनपछि म्यानमारमा प्रजातन्त्रको उदय भएको हो । गत नोभेम्बरको सो निर्वाचनमा सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीले अत्यधिक मत प्राप्त गरेको थियो । सो दलले म्यानमारको प्रजातान्त्रिक इतिहासमा सफल बहुमत अर्थात म्यानमारको संसदमा ८० प्रतिशत स्थान हासिल गरेको हो । त्यस बाहेकका अन्य स्थानमा अहिले पनि म्यानमारको सैनिकआबद्ध दलहरुकै उपस्थिति रहेको छ । 
 
नोभेम्बरमा यहाँ सैनिक सहयोगको सरकार नै थियो । यसरी सैनिकको सरकारले गराएको आमनिर्वाचनमा पनि यतिधेरै सफलता हातपार्नुलाई म्यानमारमा प्रजातान्त्रको सफलताका रुपमा हेरिएको छ । सुकीका पुराना स्कुले साथी रहेका राष्ट्रपति च्योले भनेका छन् – म म्यानमारको प्रजातान्त्रिक अभियानलाई थप बलियो र सशक्त बनाई नागरिकको मप्रतिको इच्छा र अपेक्षालाई मर्न नदिई काम गर्नेछु । 
 
म्यानमारमा नागरिक सरकारले आफ्ना कार्यारम्भ गर्न पाउला कि नपउला भन्ने संशय नागरिकमा रहेका बेला म्यानमारको सैनिकले भने सहजै शक्ति हस्तान्तरण गरिदिएको छ । साथै म्यानमारको सैनिकले आगामी दिनमा पनि नागरिक सरकारसँग मिलेर कामगर्ने र देशको विकास र नागरिकको ईच्छा अपेक्षा बमोजिम सरकारसँग सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता सैनिक प्रमुखले हालै व्यक्त गरेका थिए । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ