arrow

हङकङमा जारी प्रदर्शन १० हप्तामा, पुलिसद्धारा ज्यादती

logo
प्रकाशित २०७६ साउन २७ सोमबार
hongkong4.jpg

काठमाडौं । हङकङमा जारी प्रदर्शन १० हप्तामा पुगेको छ । विवादास्पद सुपुर्दगी विधेयक खारेजीको माग गर्दै हङकङका नागरिकले आन्दोलन गरिरहेका हुन् । 

शुरुमा सुपुर्दगी बिधेयक खारेजीको माग गरिए पनि केही हप्तादेखि प्रदर्शनकारीहरुले लोकतन्त्रको माग गर्न थालेका छन् । आन्दोलनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले ज्यादती गर्न थालेको छ । 

View image on Twitter

सरकार विरोधी आन्दोलनमा उत्रिएका जोकोहीलाई पनि प्रहरीले दुःख दिन थालेको छ । हङकङको मुख्य शहरमा सवारी आवागमन रोक लगाइएको छ भने ब्यापार ब्यबसाय समेत ठप्प पारिएको छ । 

प्रदर्शनकै क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप भएको छ । आइतबार राति रेलवे स्टेशनमा प्रहरीले टियर ग्यास नै प्रहार गरेको छ । 

प्रदर्शनका क्रममा भएको झडपमा कयौं आन्दोलनकारी र सुरक्षाकर्मी घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ