चिनियाँ नाममा विरोधपछि भौतिक मन्त्रालयले मान्यो लाज, हटायो तस्वीर
प्रकाशित २०७६ साउन २७ सोमबार
652
Shares
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लज्जास्पद प्रदर्शन गरेको छ। मन्त्रालयको आधिकारिक वेवसाइट डब्लुडब्लुडब्लुडटएमओपीआइटीडटजीओभीडटएनपी मा अत्यन्तै सस्तो किसिमले फोटोसपबाट तस्वीर चोरेर नेपालको विकासको योजना देखाइएको छ।
वेबसाइटमा रहेको प्रस्तावित मेची महाकाली मेल र कर्णाली रेलको तस्वीर अन्तैबाट क्रप गरेर बनाइएको छ। उक्त तस्वीरको पृष्ठभूमिमा हेटौडा मल देखिन्छ अनि रेल स्टेशनको नाम भने चिनियाँ भाषामा छ।
यति ठूलो मन्त्रालयमा पक्कै पनि इन्जिनियरहरुको खानी छ। तर चिनियाँ स्टेशनको फोटोलाई फोटोसप एडिट गरी लज्जास्पद र हाँस्यास्पद तरिकाले नेपालको गौरबमै धक्का पुग्ने गरी राखिएको तस्वीरले भने यो सरकारको स्थिति पनि झल्काएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको हैसियत पनि यसले देखाएको छ। आफ्नो मौलिक भिजन र सपनै नभएपछि अर्काको सापटी लिएर तस्वीर बनाउनु पर्छ भने योजना सफल हुने कल्पना व्यर्थै भएको छ ।
मन्त्रालयले लज्जास्पद तस्वीर राखेपछि सामाजिक संजालले यसलाई निकै महत्वका साथ मन्त्री महासेठको धज्जी उडायो । अनि वाध्य भएर यस्तो तस्वीर अहिले मन्त्रालयले हटाएको छ । यसबाट यो पनि स्प्ष्ट हुन्छ कि नेपाल सरकारको आधिकारिक वेभसाइटमा अर्काको देशको फोटोसप राख्नेहरुले अरु कतिसम्म गल्ती गरेका होलान् ।
त्यतिमात्र होइन यस्तो सामान्य कुरा समेत नजान्नेले कसरी भौतिक मन्त्रालय सम्हालेर बसेका छन् भन्ने प्रश्न टड्कारो बनेको छ ।