arrow

टरिगाउँ विमानस्थललाई पाइलट तालिम केन्द्र बनाइने

logo
प्रकाशित २०७६ साउन २७ सोमबार
yogesh2.jpg

तुलसीपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टरिगाउँ विमानस्थलको धावन मार्ग विस्तारका लागि यसै वर्ष काम अगाडि वढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आन्तरिक उडानका लागि टरिगाउँ विमानस्थललाई विकास गर्न आफुले योजना समेत वनाएको उनले जानकारी दिए ।

विमानस्थलको स्तरोन्नतीका साथै इन्धन डिपोको काम अगाडि वढाउन आपूर्ति मन्त्रालयसँग समन्वय गर्ने सिन मन्त्री भट्टराईले प्रतिवद्धता जनाएका हुन् । ‘तुलसीपुर विमानस्थलका वारेमा म पुरै जानकार रहेको छु त्यहाँका जनतालाई न्याय दिनेछु ’ मन्त्री भट्टराईले भने । उनले नारायणपुर विमानस्थल दीर्घकालिन योजना भएको भन्दै अहिलेलाई आन्तरिक उडानको सहजताका लागि धावनमार्ग विस्तार गर्ने वताएका हुन् ।

विमानस्थल र पर्यटन विकासका विषयमा मन्त्री भट्टराईलाई भेट्न गएको प्रतिनिधि मण्डलसँग कुरा गर्दै उनले टरिगाउँ विमानस्थललाई पाइलट तालिम केन्द्रका रुपमा विकास गर्नका लागि काम अगाडि वढाएको समेत उनले वताए । “नेपाल भित्र तालिम केन्द्र नहुँदा महंगो पैसा तिरेर वाहिर जानुपर्ने अवस्था छ यसको लागि टरिगाउँ विमानस्थललाई हामीले उपयुक्त स्थानका रुपमा छनोट गरिएको छ । ” मन्त्री भट्टराईले भने । उनले यसका लागि एकसाता भित्र विभिन्न निकायसँग सहकार्य गरेर अध्ययन समिति समेत वनाउने जानकारी दिए ।

“टरिगाउँ विमानस्थलको धावनमार्ग सानो हुँदा साना खाले जहाज मात्रै वस्ने गरेका छन् यसलाई विस्तार गरिनेछ ” उनले भने । मन्त्री भट्टराईले ७ सय ५० मिटर रहेको धावन मार्ग १२ सय मिटरसम्म विस्तारका लागि यो वर्ष नै वजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा मन्त्री भट्टराईलाई तुलसीपुर उपमहानगरपालिकाको  तर्फबाट नगरप्रमुख घनश्याम पाण्डेले ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए । तुलसीपुर विमानस्थलका साथै पर्यटकीय स्थलको विकास र उन्नतीका लागि मन्त्रीको ध्यानाकर्षण गराउनका लागि पत्र हस्तान्तरण गरिएको नगरप्रमुख पाण्डेले वताए ।

दाङ्गका विभिन्न सरोकारका कुराहरु लिएर गएको प्रतिनिधि मण्डलमा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, गंगा चौधरी, विष्णु पौडेल, राष्ट्रिय सभा सदस्य कोमल वली, नेकपा दाङ्गका अध्यक्ष टिकाराम खड्का एवम् नेताहरु शोभाराम वस्नेत र जोगराज गिरी रहेको उपमहानगरपालिकाका संयोजक वसन्त आचार्यले जानकारी गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ